नेपाललाई छैटौँ सफलता, सोमपालको नाममा ३ विकेट « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नेपाललाई छैटौँ सफलता, सोमपालको नाममा ३ विकेट


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ ।  एसिसी प्रिमियर कपमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतारको छैटौँ विकेट गएको छ।

छैटौँ विकेटको रुपमा कप्तान मोहमद रिजलान ४ रनमा सन्दीप लामिछानेको बलमा आउट भए। सन्दीपले दुई विकेट लिइसकेका छन्।

इक्रमुल्लाह खान ५ रनमा सोमपाल कामीको बलमा भीम सार्कीबाट क्याच भए। सोमपालले यससँगै तीन विकेट लिइसकेका छन्। 

सोमापालले यसअघि मोहमद तनविर शून्य र इमल लियानेजलाई ६ रनमा बोल्ड गरेका थिए।

यस्तै जाहीर इब्राहिमलाई सन्दीप लामिछानले १५ रनमा आरिफ शेखबाट क्याच गराए।

कतारका ओपनर कमरान खानलाई नेपालका ललितनारायण राजवंशीले ८ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराए। 

कतारले १४ ओभरमा ४३ रन जोड्दा ६ विकेट गुमाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस