महानगरद्वारा घरको सटरमा सञ्चालन भइरहेको पेट्रोल पम्प सिल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महानगरद्वारा घरको सटरमा सञ्चालन भइरहेको पेट्रोल पम्प सिल


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित एक पेट्रोल पम्प सिल गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालन भइरहेको कोतःधुकु पेट्रोल पम्प सिल गरेको हो ।

बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको कोतःधुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरीपछि गत १० फागुनमा काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमलाई सोधेको थियो ।

जसमा कोतःधुकु आयल स्टोरबारे तीन वटा जिज्ञासा राखेको थियो । निगमका अनुसार पम्पको कानुनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षा के हो ? भनेर गम्भीर चासो राखिएको थियो ।

पत्रको जवाफमा आयल निगमले मापदण्ड बाहिरको पेट्रोल पम्प हटाउन महानगरलाई साथ दिने धारणा व्यक्त गरेको थियो । जस अनुसार बिहीबार महानगरपालिकाले कोतःधुक सिल गरेको महानगरपालिकाकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस