एसीसी प्रिमियर कप : आज नेपाल कतारसँग भिड्दै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

एसीसी प्रिमियर कप : आज नेपाल कतारसँग भिड्दै


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । एसीसी प्रिमियर कपमा नेपालले समूह चरणको अन्तिम खेलमा आज कतारसँग खेल्दै छ।

कीर्तिपुरस्थित टियु मैदानमा आज नेपाल र कतारबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुवेतबीचमा प्रतिस्पर्धा हुनेछ।  यी दुवै खेल बिहान ९ बजे सुरु हुनेछ। 

यसअघिको खेल पानी परेका कारण रद्द भएपछि नेपालले साउदी अरबसँग अङ्क बाँड्दै सेमिफाइनल प्रवेश गरेको थियो ।  

नेपालको सम्भावित प्लेइङ-११ 

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, प्रतिश जि.सी र ललितनारायण राजवंशी 

Tags :
प्रतिक्रिया दिनुहोस