माओवादीको एम्बुसमा परेर दश प्रहरीको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

माओवादीको एम्बुसमा परेर दश प्रहरीको मृत्यु


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । माओवादी विद्रोहीको आक्रमणमा परेर दशजना भारतीय प्रहरीको ज्यान गएको छ। 

भारतको मध्य छत्तीसगढ राज्यमा बुधबार माओवादीले विद्युतीय धरापमा पारेर प्रहरीको गाडीमाथि विस्फोट गराएका थिए। त्यस क्रममा गाडीमा रहेका सबै दश प्रहरीको मृत्यु भएको हो।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार ती प्रहरी दन्तेवाडा जिल्लामा विद्रोहीको गतिविधि अनुसन्धान गर्ने चलाइएको मिसनबाट फर्कँदै गरेका थिए। 

नियमित कामबाट फर्कँदै गरेका प्रहरीहरू सवार गाडीलाई लक्षित गरी विस्फोट गराइएको जानाईएको छ । 

भारतमा सन् १९६० को दशकमा सुरु भएको माओवादी विद्रोह अझै नियन्त्रणमा आएको छैन। यसबीच हजारौँ मानिसको ज्यान गइसकेको छ। बुधबारको घटना पछिल्लो दुई वर्षयताकै ठूलो क्षति भएको बताइएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस