आफ्ना उपकरण थन्काएर निजीमा परीक्षण गराउँदै भू-गर्भ विभाग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आफ्ना उपकरण थन्काएर निजीमा परीक्षण गराउँदै भू-गर्भ विभाग


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । खानी तथा भू-गर्भ विभागले आफूसँग रहेका उपकरण थन्काएर निजी प्रयोगशालामा परीक्षण गर्ने गरेको पाइएको छ । 

विभागले यो वर्ष निजी प्रयोगशालामा ६१ किसिमका परीक्षण गराएको छ । परीक्षणबापत विभागले रु. १० लाख १३ हजार भुक्तानी गरेको औचित्यपूर्ण नदेखिएको महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन २०७९ मा उल्लेख छ ।

प्रतिवेदन अनुसार विभागले खरिद गरेको रु. १ करोड ६२ लाख ६१ हजार मूल्यका एजिलेन्ट प्रविधिको ७८००–आई सिपी–एमएस उपकरण सञ्चालनविहीन अवस्थामा छ । यसैगरी युरेनियम परीक्षणको लागि अन्तराष्ट्रिय अणु ऊर्जा एजेन्सीले अनुदानमा दिएको एस टु रेन्जर मेसिन बिग्रेकोले मर्मत गर्नुपर्ने अवस्था रहेको छ ।

विभागको प्रयोगशालाको लागि विभिन्न दर्जाका ११ प्राविधिक कर्मचारीको दरबन्दी रहकोमा ३ जना मात्र कार्यरत रहेकोले पर्याप्त र दक्ष जनशक्तिको कमी रहेको प्रतिवेदनमा उल्लेख छ । प्रयोगशालामा जडित उपकरण तथा खरिद भएका रिएजेन्टको उच्चतम प्रयोग गर्न दरबन्दीबमोजिमको पदपूर्ति गरी प्रयोगशाला सञ्चालनमा ल्याउनु पर्ने महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस