इसुजुका गाडी किन्न एभरेष्ट बैंकले सजिलै कर्जा दिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इसुजुका गाडी किन्न एभरेष्ट बैंकले सजिलै कर्जा दिने


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । लक्ष्मी कमर्शियल भेहिकलस् र एभरेष्ट बैंक बिच एसएमएल इसुजुका गाडीहरू फाइनान्स गर्ने सम्बन्धी सम्झौता भएको छ ।

एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स र एभरेष्ट बैंकबीच एसएमएल इसुजुका स्कुल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डेपुटी जेनरल मेनेजर गौरव कुमारले तथा लक्ष्मी कमर्शियल भेहिकल्सका तर्फबाट सेल्स एण्ड अपरेसन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरेका थिए । यो सम्झौता अनुसार एसएमल इसुजुका ग्राहकहरूले वैशाख १३ गते देखि नै ऋण सुविधा लिन सक्ने जनाइएको छ ।

बैंकसँग भएको सम्झौता अनुसार लक्ष्मी कमर्शियल भेहिकलसले नेपालमा आयात गरेर बिक्री वितरण गर्ने एसएमएल इसुजुका स्कुल बस, रुटबस, ट्रक, टिप्पर आदिमा नेपाल भर रहेका आफ्ना १२४ शाखा कार्यालय मार्फत गाडीको मूल्यको ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ ।

साथै, यस्तो कर्जा बढीमा ७ वर्षसम्मको लागि उपलब्ध हुनेछ । साथै, सर्भिस चार्ज र ब्याजदरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्शियलका बिजेनेश हेड सञ्जय खड्काले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस