निर्माण व्यवसायीले भौतिक पूर्वाधार सचिवलाई कार्यकक्षमै थुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्माण व्यवसायीले भौतिक पूर्वाधार सचिवलाई कार्यकक्षमै थुने


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई निर्माण व्यवसायीहरूले कार्यालयमा थुनेका छन् ।

भुक्तानी नदिएको भन्दै मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई बुधबार दिउँसो कार्यकक्षमा थुनेका हुन् । उनीहरूले मन्त्रालयको परिसरमा फोहोर थुपारेर प्रदर्शनसमेत गरेका छन् ।

विभिन्न योजनाहरूको काम सम्पन्न गरेको २ वर्ष बित्दा समेत अझै भुक्तानी नदिएको निर्माण व्यवसायीहरूको गुनासो छ ।

पटक पटक भुक्तानीको लागि हारगुहार गर्दा समेत कुनै वास्ता नगरेपछि बाध्य भएर यस्तो कदम उठाउनु परेको निर्माण व्यवसायी खुसीलाल ठाकुरले बताए ।

भुक्तानी नदिँदा बैंकको ब्याज तिर्नसमेत समस्या समस्या भइरहेको उनको गुनासो छ ।

विभिन्न ३८ वटा योजनाको ६० करोड रकम भुक्तानी गर्न बाँकी रहेको उनीहरूले बताएका छन् । गत आर्थिक वर्षमा विभिन्न मन्त्रालयको योजनाको झण्डै एक अर्ब रुपैयाँ भुक्तानी बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस