वामदेव गौतमविरुद्धको रिटमा सर्वोच्चद्वारा बहसनोट झिकाउने आदेश  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वामदेव गौतमविरुद्धको रिटमा सर्वोच्चद्वारा बहसनोट झिकाउने आदेश 


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको सिफारिस संविधान विपरीत रहेको दाबीसहित सर्वोच्च अदालतमा परेको रिटमा बहसनोट झिकाउने आदेश भएको छ । 

प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्तका लागि सिफारिस गर्नु संविधानको मर्म विपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले ०७७ असोज १२ गते सर्वोच्चमा रिट दर्ता गराएका थिए । 

बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा रहेको संवैधानिक इजलासले सुनुवाइ गर्दै रिटका पक्षहरूबाट बहसनोट मगाउने आदेश गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस