झापामा ओलीमाथि होहल्लासहित ढुंगामुढाको प्रयास  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

झापामा ओलीमाथि होहल्लासहित ढुंगामुढाको प्रयास 


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापाको बुधबारेको कार्यक्रममा सहभागी हुन जाँदा कार्यक्रमस्थल बाहिर होहल्लासँगै ढुंगामुडाको प्रयास गरिएको छ । 

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले आज झापामा कार्यक्रमस्थलबाहिरबाट कार्यक्रम भङ्ग गर्ने प्रयास भएको बताए भन्दै आपत्ति जनाएका छन् ।  । 

काठमाडौँबाट झापाको भद्रपुर विमानस्थलबाट कार्यक्रमस्थल बुधबारे जाने क्रममा कार्यक्रमस्थलबाहिरपट्टि बसेर होहल्ला गर्ने, कार्यक्रम बिथोल्न खोज्ने, शान्ति भङ्ग गराउन खोज्ने काम भएको गिरिको भनाई छ ।  

एमालेको सत्तापक्षको कार्यकर्ताको सहभागितामा प्रतिपक्षलाई जिस्क्याइएको बताउँदै उनले, ‘एमालेको नेतृत्व एउटा कार्यक्रममा सहभागी हुन जाँदा जुन प्रकारले ढुंगामुढा गर्ने कोसिस गरिन्छ, अनेकन ढङ्गले कार्यक्रम भाँड्ने कोसिस गरिन्छ, सत्तापक्षकै कार्यकर्ता त्यसमा घुसपैठ गरिन्छ ।” 

मुलुकमा शान्तिको प्रत्याभूति गराउने दायित्व सत्तापक्षको भएको भन्दै प्रतिपक्ष चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस