समानुपातिक निर्वाचन प्रणाली खारेज गरी सांसद संख्या घटाउन माग  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

समानुपातिक निर्वाचन प्रणाली खारेज गरी सांसद संख्या घटाउन माग 


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको संख्या घटाउन माग गरिएको छ ।

आज राष्ट्रिय सभाको बैठकमा बैठकको शून्य समयमा बोल्दै सांसद खिमलाल देवकोटाले यस्तो माग गरेका हुन् । देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता रहेको बताए । 

उनले प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सांसद वा मन्त्री तीन पटक र पार्टी–दलको नेतृत्व दुई कार्यकालभन्दा बढी नहुने व्यवस्था गर्न पनि माग गरेका छन् । 

समानुपातिक समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न उनले माग गरेका हुन् । 

उनले प्रतिनिधिसभामा सदस्य संख्या दुई सय ७५ बाट घटाएर एक सय ६५ र प्रदेशसभाको संख्या पाँच सय ५० बाट घटाएर तीन सय ३० मात्रै कायम गर्न सुझाव दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस