दार्चुलामा बँदेलको आक्रमणबाट प्रहरीसहित पाँचजना घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दार्चुलामा बँदेलको आक्रमणबाट प्रहरीसहित पाँचजना घाइते


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । दार्चुलामा बँदेलको आक्रमणबाट दुईजना सशस्त्र प्रहरीसहित पाँचजना घाइते भएका छन्।

मालिकार्जुन गाउँपालिका-६ उकुमा ले उनहिरुलाई आक्रमण गरेको हो ।

बँदेलले एक्कासि आक्रमण गर्दा बुधबार बिहान परेड खेलिरहेका सुरक्षाकर्मी र स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीका हवल्दार गोपाल साउद, जवान हरिस बुडाल, ६५ वर्षीय स्थानीय जसोदसिंह महरा, २१ वर्षीय आयुष पाल र ५० वर्षीय रतन पार्की घाइते भएका छन्।

घाइतेमध्ये रतन पार्कीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस