१३६ वटै पालिकाको माटो परीक्षण गरिँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

१३६ वटै पालिकाको माटो परीक्षण गरिँदै


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । १३६ वटै पालिकाको माटो परीक्षण हुने भएको छ । मधेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेका माटो परीक्षण प्रयोगशालाको प्राविधिक टोलीले सबै ८ जिल्लाका १३६ वटै स्थानीय तहको माटो परीक्षण गर्न लागेको हो ।

मधेशको माटोको अवस्था पत्ता लगाएर आवश्यकता अनुसार कुन कुन मलखाद कहिले प्रयोग गर्ने भन्नेबारेमा किसानलाई जानकारी गराउन माटो परीक्षण गर्न लागेको कृषि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्राविधिक टोलीले १३६ पालिकामा घुम्ती टेस्ट ल्याबमार्फत ३ दिनसम्म पालिकाको विभिन्न ठाउँको माटो जाँच गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस