एसीसी प्रिमियर कप : आज दुई खेल हुँदै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एसीसी प्रिमियर कप : आज दुई खेल हुँदै


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा आज दुई खेल हुदैछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा साउदी अरेबिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ । मुलपानी मैदानमा हुने खेलमा समूह बी का बहराइन र युएईबीच खेल हुदैछ ।

टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा समूह ‘ए’ का साउदी अरेबिया र ओमानबीच खेल हुदैछ । दुवै खेल बिहान ९ बजे सुरु हुनेछ ।

वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।

यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस