‘उपनिर्वाचन परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘उपनिर्वाचन परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ’


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रूपान्तरित हुन सन्देश दिएको बताएका छन्।

महामन्त्री शर्माले उपनिर्वाचनमा विजयी उम्मेदवारलाई बधाई दिँदै देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समयअनुसार आफूलाई बदलेर नयाँ ढङ्गले जुट्ने पर्ने बताएका छन्।

बुधबार महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन्, ‘परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्नुछ ।’

मतदातालाई सम्मान प्रकट गर्दै महामन्त्री शर्माले पार्टी रूपान्तरणमा नयाँ ढङ्गले जुट्ने पनि बताएका छन्।

उपनिर्वाचनमा कांग्रेसले तनहुँ-१ र चितवन-२ मा उम्मेदवारी दिएको थियो। दुवै क्षेत्रमा कांग्रेस पराजित हुनुले पार्टीमा रूपान्तरणको जरुरी रहेको बताएका हुन्। बारामा भने कांग्रेसले जसपाका उपेन्द्र यादवलाई समर्थन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस