बिदाको दिन पनि सेवा दिँदै गोरखा प्रशासन  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बिदाको दिन पनि सेवा दिँदै गोरखा प्रशासन 


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय गोरखाले सार्वजनिक बिदाको दिनपनि सेवा दिने भएको छ ।

शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइएको सार्वजनिक बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दिइने प्रशासन कार्यालयले जनाएको छ ।

यो बर्ष सार्वजनिक बिदा दिइएको १४ दिन पनि कार्यालय खुल्ने कार्यालयले जनाइएको छ । वैशाख २२ गते (उभौली पर्व, बुद्ध जयन्ती), जेठ १५ गते (गणतन्त्र दिवस), भदौ १४ गते (रक्षाबन्धन), भदौ २० गते (श्रीकृष्ण जन्माष्टमी), असोज २८ गते (घटस्थापना) र पुस ९ गते क्रिसमस डे को दिनमा सेवा प्रवाह हुने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । यी सबै दिन सार्वजनिक बिदा छन् ।

त्यस्तै पुस १० गते किरात समुदायको उभौली पर्व, योमरी पुन्ही र पुस १५ को तमु ल्होसारका दिनमा पनि कार्यालय खुल्नेछ । पुस २७ गतेको पृथ्वी जयन्ती र माघ १ गतेको माघी पर्वका दिन पनि कार्यालय खुल्ने भुसालले जानकारी दिए ।

फागुन १ गते (जनयुद्ध दिवस), फागुन ७ (प्रजातन्त्र दिवस), फागुन २५ (महाशिवरात्रि), फागुन २८ (ग्लोल्पो ल्होसाररबकर इद) को दिन पनि प्रशासन कार्यालयबाट नियमित रूपमा सेवा प्रवाह हुने जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस