प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई प्रमाणपत्र प्रदान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई प्रमाणपत्र प्रदान


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । चितवन क्षेत्र नम्बर-२ मा भएको उपचुनावमा निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई विजयी घोषणा गरी प्रमाणपत्र प्रदान गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेलाई मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले आज मङ्गलवार दिउँसो प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् । 

लामिछाने ५४ हजार १ सय ७६ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ मत पाए  ।

Tags :
प्रतिक्रिया दिनुहोस