पाँच वर्षपछि आफ्नै नेतृत्वमा सरकार बनाउँछौँ : रवि लामिछाने  « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

पाँच वर्षपछि आफ्नै नेतृत्वमा सरकार बनाउँछौँ : रवि लामिछाने 


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नवनिर्वाचित सांसद रवि लामिछानेले पाँच वर्षछि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रास्वपाका सभापतिसमेत रहेका लामिछानेले चितवनमा भएको धन्यवाद सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“पाँच वर्षमा ठूलो पार्टी बनेर आफ्नै नेतृत्वमा सरकार बनाउनेछौँ,” उनले भने, “नेतृत्व सक्षम भएन भने हटाएर घण्टी बजाउनेछ । तपाईँ आँट गर्नुहोस्, घण्टी हामीसँग छ बजाउँदै अघि बढ्नुहोला ।”

चितवनका जनताले लगाएको गुण इतिहासले नबिर्सने भन्दै धन्यवाद व्यक्त गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस