चुनाव जितेपछि रविले भने : सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउँछौँ « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

चुनाव जितेपछि रविले भने : सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउँछौँ


१२ बैशाख २०८०, मंगलबार


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउने बताएका छन् ।

चितवन-२ को उपनिर्वाचनमा दोस्रो पटक भारी मतान्तरले विजयी भएका लामिछानेले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै जनताले खोजेको भ्रष्ट्राचार नियन्त्रण र सुशासन भएकोले आफूहरूले मुख्य जोड त्यसैमा रहने बताएका हुन् ।

उनले भष्ट्राचारसहित सरकारी संयन्त्र र जनताले अनुभूत हुने गरी सुशासन कायम गर्न लागिपर्ने बताए । आम अपेक्षा पनि यहीँ रहेकोले सोही अनुसार मत पाएको उनको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस