रोकियो बारा-२ को मतगणना  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

रोकियो बारा-२ को मतगणना 


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । बारा क्षेत्र नम्बर-२ को उपनिर्वाचनको मत गणना रोकिएको छ ।

नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरूले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि डेढ घण्टादेखि मतगणना रोकिएको हो ।

एमालेका प्रतिनिधि मोहन लामिछानेले चाबी लिएर हिँडेको र म पनि किन बस्ने भनेर जनमत पार्टीका प्रतिनिधि सियाराम कुशवाह पनि चाबी लिएर हिँडेपछि मतगणना रोकिएको स्रोतको भनाई छ । 

निर्वाचन कार्यालयले चाबी लिएर हिँडेका प्रतिनिधिहरूलाई तुरुन्त चाबी ल्याएर आउन आग्रह गर्दै माइकिङ नै गरेको थियो । तर उनीहरू नआएपछि मत गणना रोकिएको छ ।

बारा क्षेत्र नम्बर २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, नेकपा एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली लगायत प्रतिस्पर्धामा छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस