स्वर्णिमलाई बधाई दिँदै गोविन्दले भने : मेरा मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईँले सक्नुभयो « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

स्वर्णिमलाई बधाई दिँदै गोविन्दले भने : मेरा मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईँले सक्नुभयो


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । तनहुँ १ को उपनिर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन् ।

आज बिहान सामाजिक सन्जालमार्फत् वाग्लेलाई बधाई दिँदै भट्टराईले भनेका छन्, ‘मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईँले सक्नुभयो । तपाईँ यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईँको अभिभारा बन्न पुगेको छ । मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रूपमा निरन्तर खटेको हुँ । अब पनि खटिरहने छु । अनि तपाईँले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ ।’

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा वाग्लेले ३४ हजार ९१८ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी भट्टराईले २० हजार १२२ मत पाएका छन् ।

उनले स्वर्णिमलाई राजनीतिक यात्रामा अब्बल साबित हुन शुभकामना पनि दिएका छन् । उनले विकासको अपेक्षा गरेर आफूलाई मत दिएका मतदाताप्रतिको अभिभारा पनि स्वर्णिममाथि आएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस