उठाउँन थालियो सिंहदरवारलगायतको फोहोर « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

उठाउँन थालियो सिंहदरवारलगायतको फोहोर


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । सिंहदरवारसहितका क्षेत्रको फोहोर उठाउन थालिएको छ ।

काठमाडौँ महानगरपालिकाले २६ चैतदेखि नउठाएको फोहोर सोमबार दिउँसोदेखि उठाउन थालेको हो ।

सिंहदरवार, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपति कार्यालय, मन्त्री क्वार्टरसहितका ठाउँको फोहोर उठाउने थालिएको हो । उक्त ठाउँको फोहोर मङ्गलवारसम्म उठाइसक्नु पर्ने छ ।

१६ दिनसम्म फोहोर नउठ्दा २५ टन फोहोर जम्मा भएको छ । २०६४ सालदेखि सिंहदरवार, प्रधानन्यायाधीश, सभामुख, मन्त्री क्वार्टर, राष्ट्रिय सभा अध्यक्ष, राष्ट्रपति भवनलगायत ठाउँको फोहोर निजी कम्पनीले उठाउँदै आएका छन् ।

२७ वटा निजी कम्पनीले महानगरको फोहोर बन्चरेडाँडा पुर्‍याउँछन् । उपत्यकामा दैनिक उत्पादन हुने फोहोरको १० प्रतिशत फोहोर मात्रै महानगरले उठाउँछ ।

Tags :
प्रतिक्रिया दिनुहोस