यात्रु मलेसिया, ब्यागेज काठमाडौँमा  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यात्रु मलेसिया, ब्यागेज काठमाडौँमा 


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । मलेसियन एयरलाइन्समार्फत मलेसिया उडेका यात्रुहरूको ब्यागेज काठमाडौँमा छुटेको पाइएको छ । नेपाल वायुसेवा निगमको लापरबाहीका कारण यो समस्या देखिएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा लिएको नेपाल एयरलाइन्सले नै ब्यागेजहरुको ढुवानी र व्यवस्थापन गर्दै आइरहेको छ ।

आइतबार राति राति २३ः३० बजेको समयमा मलेसिया उडेको मलेसियन एयरलाइन्सको उडान नम्बर एमएच ११५ (केटीएम-केयूएल) मा लोड हुनुपर्ने यात्रुहरूको ब्यागेज छुटेको पाइएको हो । 

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार ८ सय केजीको ब्यागेजहरु छुटेको जानकारी प्राप्त भएको र यससम्बन्धी अनुसन्धान गरेर प्रतिवेदन पेस गर्न निगमलाई निर्देशन दिइएको बताए । सिटौलाका अनुसार कति यात्रुको कति ब्यागेज छुटेको भन्ने बारे यकिन जानकारी भइसकेको छैन ।

यात्रुहरूको ब्यागेज भुलबस छुट्न पुगेको भन्दै निगमले सार्वजनिक रूपमा माफी समेत मागेको छ । निगमले यात्रुको ब्यागेज छुटेको प्रति माफी माग्दै सोमबार १:०५ बजेको उडानमार्फत मलेसिया पठाइसकिएको जनाएको छ ।

‘यस सम्बन्धी आवश्यक छानबिन भइरहेको छ । भविष्यमा यस्ता त्रुटि नदोहोरिन थप सजगता अपनाउने प्रतिबद्धता रहने छ’ निगमले भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस