प्राइमरी निर्वाचनमार्फत उम्मेदवार चयन गर्न माग गर्दै सर्वोच्चमा रिट  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्राइमरी निर्वाचनमार्फत उम्मेदवार चयन गर्न माग गर्दै सर्वोच्चमा रिट 


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । प्राइमरी निर्वाचनबाट उम्मेदवार छनोट गर्नुपर्ने मागसहित सर्वोच्च अदालतका रिट परेको छ । 

आम निर्वाचनमा राजनीतिक दलले उम्मेदवार चयन गर्दा प्रारम्भिक निर्वाचनबाट छनोट गर्नुपर्ने भन्दै सोमबार नन्दराज उपाध्यायसहित तीनजनाले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । 

रिटमा प्रारम्भिक सुनुवाइका लागि मङ्गलवारलाई पेसी तोकिएको छ । 

प्राइमरी निर्वाचन अन्तर्राष्ट्रियस्तरमा अभ्यासमा रहेको एक लोकतान्त्रिक पद्धति अन्तरगत यस प्रणालीमा आमनिर्वाचनअघि पार्टीले प्रारम्भिक निर्वाचन गरेर बढी मत ल्याउने व्यक्तिलाई उम्मेदवार बनाउने गरिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस