नेपालमा उत्पादित सवारी साधन दर्ताबारे मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजाने तयारी   « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपालमा उत्पादित सवारी साधन दर्ताबारे मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजाने तयारी  


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियाबारे मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजाने निर्णय भएको छ । 

नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता हल गर्न सम्बन्धित कानुनहरू संशोधन गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजाने निर्णय भएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी साधन दर्तासम्बन्धी समस्या रहेको विषयमा जनचासो सम्बोधन गर्दै तत्काल समस्या हल गर्न निदर्शन दिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरोकारवाला निकायहरूसँग गरेको छलफलमा उक्त निर्णय गरिएको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेको संयोजकत्वमा आज बसेको बैठकले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा आवश्यक संशोधन गरी नेपालमा उत्पादित सवारी साधन दर्ता गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीनदिन भित्र आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो । 

यसैगरी नेपालमा उत्पादित सवारी साधन दर्ता गर्नका लागि सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा आवश्यक सुधार गर्न संशोधनको प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सात दिनभित्रमा मन्त्रिपरिषद्मा पेस गर्ने व्यवस्था मिलाउने समेत बैठकमा निर्णय भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस