चितवन-२ मा मतगणना सुरु  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

चितवन-२ मा मतगणना सुरु 


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । चितवन क्षेत्र नम्बर-२ मा मतगणना सुरु भएको छ। 

सोमबार दिउँसो प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना इच्छाकामना गाउँपालिकाबाट सुरु गरिएको हो।

बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको थियो। 

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली काँग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस