खल्ती एपका कर्मचारीविरुद्ध ठगी मुद्दा नचल्ने  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

खल्ती एपका कर्मचारीविरुद्ध ठगी मुद्दा नचल्ने 


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । डिजीजल वालेट ‘खल्ती’ का दुईजना कर्मचारीविरुद्ध मुद्दा नचलाइने भएको छ । सरकारी वकिल कार्यालय काठमाडौँले ‘मुद्दा नचल्ने’ निर्णय गरेको हो ।

सेवाग्राहीको खाताबाट रकम चोरेको आरोपमा खल्तीका कर्मचारीलाई पक्राउ गरेका रामेछाप घर भएका अनिल कार्की र कैलाली घर भएका सन्देश स्वाँर विरुद्धको ठगी मुद्दा नचलाइने जनाइएको छ । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । 

उनीहरूले सेवाग्राहीको खाताबाट ७० लाख रकम चोरी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सेवाग्राहीको पैसा फिर्ता गरेपछि आरोपीहरुविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस