बारा-२ मा उपेन्द्रको सुरुवाती अग्रता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बारा-२ मा उपेन्द्रको सुरुवाती अग्रता


११ बैशाख २०८०, सोमबार


बारा । बारा-२ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् ।

सोमबार दिउँसो मतगणना सुरु भएपछि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा यादवले २२४ मतसहित अग्रता लिएका छन् ।

त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७०, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत पाएका छन् भने आम जनता पार्टीका अरुण ज्ञवालीले १२ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस