निर्वाचन आयोगले सोध्यो रवि लामिछानेलाई स्पष्टीकरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्वाचन आयोगले सोध्यो रवि लामिछानेलाई स्पष्टीकरण


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ । 

उपचुनाव अन्तर्गत आइतबार भएको मतदानका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो । 

नेपाली काँग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका विरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएको थियो ।  

निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले आइतबार अबेर स्पष्टीकरण सोधिएको र आइतवारै जवाफ आएको बताएका छन् । उनका अनुसार प्राप्त जवाफ निर्वाचन आयोगमा पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस