वडाध्यक्षको निधनमा आज कीर्तिपुर नगरपालिकामा बिदा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वडाध्यक्षको निधनमा आज कीर्तिपुर नगरपालिकामा बिदा


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधनमा आज (सोमबार) नगर क्षेत्रमा शोक बिदा दिएको छ ।

वडाध्यक्ष अधिकारीको निधनमा कीर्तिपुर नगरपालिकाले आज शोक बिदा दिने निर्णय गरेको हो ।

वैशाख १ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा आइतबार अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको हो ।

चम्पादेवी मन्दिर जाने बाटो मर्मत गरेर फर्कने क्रममा उनी चढेको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

मोटरसाइकलको पछाडि रहेका वडाध्यक्ष अधिकारीको टाउकोमा गम्भीर चोट लागेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस