बस्तु विनिमय बजारको २ लाइसेन्सका लागि ४ कम्पनी प्रतिस्पर्धामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बस्तु विनिमय बजारको २ लाइसेन्सका लागि ४ कम्पनी प्रतिस्पर्धामा


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । वस्तु विनिमय बजार (कमोडीटी एक्सचेन्ज) को कम्पनी स्थापनाको लाइसेन्सको लागि ४ वटा आवेदन परेको छ ।

आवेदन दिने अन्तिम दिन आइतबारसम्म नेपाल मल्टी कमोडीटी एक्सचेन्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्जले नेपाल धितोपत्र बोर्डमा लाइसेन्सका लागि निवेदन दिएका हुन् ।

नेपाल धितोपत्र बोर्ड बस्तु विनियम बजार सञ्चालन गर्न २ वटा कम्पनीलाई मात्रै लाइसेन्स दिनेगरी आवेदन माग गरेको भएपनि ४ वटा कम्पनीले बोर्डमा आवेदन दिएका हुन् । धितोपत्र बोर्डले कमोडीटी एक्सचेन्ज सञ्चालनको लागि कम्पनी स्थापना गर्न भन्दै २ असोजमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

तर, सर्वोच्च अदालतमा अधिवक्ता दीपकविक्रम मिश्रले उक्त लाइसेन्स प्रक्रिया रोक्न माग गर्दै २८ असोजमा रिट दर्ता गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले ४ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश दिँदै लाइसेन्स प्रक्रिया रोकेको थियो ।

आवेदन दिने अवधि ४५ दिन भएपनि आवेदन दिने अवधि १० दिन बाँकी हुँदै सर्वोच्च अदालतको आदेशपछि आवेदन रोकिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस