बजेट अभावको कारण पाएनन् २२ हजार शिक्षकले पेन्सन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बजेट अभावको कारण पाएनन् २२ हजार शिक्षकले पेन्सन


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । शिक्षकहरूले चैत महिनाको पेन्सन (निवृत्तिभरण) नपाएको खुलेको छ । बजेट अपुगको कारण करिब २२ हजार शिक्षकले चैत महिनाको पेन्सन नपाएका हुन् । 

निवृत्तिभरण लिने ५० हजारमध्ये ३० हजार शिक्षकले मात्र चैत महिनाको रकम पाएका छन् । बाँकी २२ हजारको निवृत्तिभरणको लागि बजेट अपुग भएको निवृत्तिभरण व्यवस्थापन कार्यालयले जनाएको छ । 

सरकारले वृद्धि गरेको १५ प्रतिशत तलब बढ्दा पेन्सन पनि बढ्ने भएकाले बजेट अपुग भएको कार्यालय प्रमुख विष्णुप्रसाद खरेलले बताए। 

उनका अनुसार उपत्यकाका तीन जिल्लाका साथै झापा, मोरङ, जनकपुर, भैरहवा लगायत १२ वटा जिल्लाका शिक्षकलाई पेन्सनको पैसा पठाउन बाँकी छ

Tags :
प्रतिक्रिया दिनुहोस