नेपाल-बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा सचिव पौड्याल सहभागी हुने  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल-बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा सचिव पौड्याल सहभागी हुने 


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । नेपाल-बेलायत द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम)को बैठक बुधबार लण्डनमा हुने भएको छ ।

बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नेछन्, जसमा उच्च सरकारी अधिकारीहरू पनि हुनेछन् । बैठकमा विकास साझेदारी र व्यापार तथा लगानी, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा सहकार्यबारे छलफल हुने छ ।

नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको १०० वर्ष यही वर्ष पुग्नेछ । भ्रमणका क्रममा विदेश सचिव पौड्यालले बेलायती अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस