एक स्टक एक्सचेन्जका लागि पर्‍यो तीनवटा आवेदन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एक स्टक एक्सचेन्जका लागि पर्‍यो तीनवटा आवेदन


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । एक नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि तीनवटा आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन (वैशाख १० गते) ५ बजेसम्म हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका हुन् ।

आज बेलुका ५ बजेसम्म यी कम्पनीले आवेदन दिएका हुन् । नेपाल धितोपत्र बोर्डले गत असोज २ गते नयाँ स्टक एक्सचेन्जका लागि आवेदन खुला गरेको थियो ।

तर, संवैधानिक इजलासमा अधिवक्ता अमृत खरेलले नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्स वितरणका लागि गरिएको नियमावली संशोधन संविधानबमोजिम नभएको भन्दै खारेज गर्न माग गरी रिट दायर गरेका थिए ।

उक्त रिटमाथि फैसला गर्दै चैत २६ गते न्यायाधीश अनिलकुमार सिन्हार सुष्मालता मथेको इजलासले लाइसेन्स वितरण गर्न पाउने बाटो खुलाइदिएको थियो । त्योसँगै बोर्डले वैशाख १ गते नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सेन्जका लागि आवेदन दिने १० दिने आवेदन खुला गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस