नेकपातिरै फर्केर फेरि एकताको पहल गर्न ‘प्रचण्ड’को प्रस्ताव  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपातिरै फर्केर फेरि एकताको पहल गर्न ‘प्रचण्ड’को प्रस्ताव 


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ब्युँताउनुपर्ने प्रस्ताव गरेका छन् ।  

नेपाल कम्युनिस्ट पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा एकीकृत समाजवादीले गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुनः नेकपातिर फर्कन आह्वान गरेका हुन्। 

उनले देशको राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका लागि एक हुन जरुरी रहेको बताउँदै एकताको प्रस्ताव गरेका हुन्।

‘आउनुस् बसौँ सँगै, विना आग्रह र पूर्वाग्रह समीक्षा गरौँ। विचारधारात्मक रूपमा समीक्षा गरौँ। राष्ट्रको हितमा एकता फेरि एउटा नयाँ पहल सुरु गरौँ,’ उनले भने। 

उनले कम्युनिस्ट आन्दोलनको प्रभाव देशमा व्यापक विस्तारित भएको तर कम्युनिस्ट पार्टीहरू अलग हुँदा जनता र देशले अपेक्षा गरेको परिणाम दिन नसकेको बताउँदै फेरि एकतामा फर्किनुपर्ने बताए।

एमाले र माओवादीको एकतालाई कार्यकर्ताले मात्र होइन जनताले पनि अनुमोदन गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले बहस र समीक्षात्मक गर्दै एकतामा फर्किनुपर्ने बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस