छानबिन गरे सबै नेता पालैपालो जेल जाने ‘विप्लव’को दाबी  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

छानबिन गरे सबै नेता पालैपालो जेल जाने ‘विप्लव’को दाबी 


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ले छानबिन गर्ने हो भने सबै नेता जेल जाने बताएका छन् । 

भ्रष्टाचार देशको समस्याको रूपमा रहेको बताउँदै उनले सबै नेताहरूको पालैपालो छानबिन गर्नुपर्ने बताएका हुन् । 

उनले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको बताए ।

उनले पार्टी सम्बद्ध ट्रेड युनियन वा सङ्गठनका नेताहरू पनि पैसा कमाउने अभिलाषासहित नेतृत्वमा आउन चाहने गरेको बताए । महासचिव विप्लवले भ्रष्टाचारको छानबिन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाने बताए ।

सत्तारुढ र सत्ताबाहिर बसेका सबै नेताहरूलाई अर्ब रुपैयाँभन्दा कमको चार्ज नभएको उनले बताए । उनले पार्टीका सङ्गठनहरू भ्रष्टाचारमा लिप्त हुनुमा पार्टीकै दोष भएको बताए । 

अहिले राजनीतिक क्षेत्रमा भ्रष्टिकरण सुरु भएपछि त्यसले सबैतिर हानेको उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस