मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पाण्डे « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पाण्डे


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । मदन भण्डारी फाउण्डेसनको अध्यक्षको जिम्मेवारी पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई दिइएको छ । 

फाउण्डेसनका अध्यक्ष उषाकिरण भण्डारीले कार्यव्यवस्ताका कारण फाउण्डेशनको तेस्रो केन्द्रीय कमिटी बैठकमा राजीनामा दिएपछि सचिवालय सदस्य पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिइएको हो।

यस्तै, फाउण्डेसनले यस वर्षदेखि मदन भण्डारी नवप्रतिभा राष्ट्रिय पुरस्कार पनि प्रदान गर्ने निर्णय गरेको छ।

सामुदायिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीबीच निबन्ध प्रतियोगिता गरी दिइने पुरस्कार राष्ट्रियस्तरमा रु. ४० हजार र प्रदेशस्तरमा रु. सात हजारका दरले दिइने फाउण्डेसनले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस