सरकारद्वारा एक वर्षमा विपन्न नागरिकको उपचारमा दुई अर्ब २४ करोड खर्च « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकारद्वारा एक वर्षमा विपन्न नागरिकको उपचारमा दुई अर्ब २४ करोड खर्च


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । सरकारले एक वर्षमा विपन्न नागरिकको उपचारमा दुई अर्ब २४ करोड ६३ लाख ९५ हजार रुपैयाँ खर्च गरेको छ । सरकारले गत साउनयता चैतसम्म ३७ हजार १४३ बिरामीलाई सो रकम उपलब्ध गराएको महालेखापरीक्षकको ६०औँ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले घातक आठ रोगको उपचार गरेबापत विभिन्न अस्पतालहरूलाई सो रकम उपलब्ध गराएको जनाइएको छ । विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका, २०७५ मा मिर्गौला, क्यान्सर, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, पार्किन्सन्स, अल्जाइमर्स र सिकलसेल एनिमियाका बिरामीलाई सहुलियत रकम प्रदान गरिने व्यवस्था छ ।

मिर्गौला प्रत्यारोपणका लागि चार लाखसम्म र ती अरू रोगका लागि एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको सरकारले सबैभन्दा बढी मिर्गौलाका बिरामीका लागि एक अर्ब १४ करोड रुपैयाँ खर्च भएको देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस