एमाले उम्मेदवार पौडेलले गरे बाराको मतदानमा धाँधली रोक्न माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमाले उम्मेदवार पौडेलले गरे बाराको मतदानमा धाँधली रोक्न माग


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । बारा २ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले धाँधलीपूर्ण ढङ्गले मतदान गरेको भन्दै त्यस प्रकारका गतिविधि रोक्न माग गरेका छन् ।

उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधलीपूर्ण ढङ्गले मतदान गरेको उनको आरोप छ ।

ठाउँ ठाउँमा मतदाताहरू रोक्ने, ईनरवा, सनफुलवा, सिचाई वुथ लगायतका बुथहरूमा प्रहरीका सई र असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने गरेको भन्दै कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रूपहरू नागो रूपमा देखिई रहेको उम्मेदवार पौडेलले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस