तनहुँ-१ का काँग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टे स्पष्टीकरण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तनहुँ-१ का काँग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टे स्पष्टीकरण


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । तनहुँ–१ का नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँग स्पष्टीकरण सोधिएको छ ।

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले मौन अवधिमा मत मागेको भन्दै स्पष्टीकरण सोधेको हो ।

गत ७ गते मध्यरातदेखि नै मौन अवधि लागु भइसकेको अवस्थामा मतदातालाई भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै समितिले भट्टराईलाई स्पष्टीकरण सोधेको हो।

समितिले भट्टराईलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भएर स्पष्टीकरण दिन २४ घण्टे अल्टिमेटम दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस