मोटरसाइकल दुर्घटनामा परी ट्राफिक प्रहरीको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मोटरसाइकल दुर्घटनामा परी ट्राफिक प्रहरीको मृत्यु


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । धनगढीमा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ। बिहीबार साँझ धनगढी उपमहानगरपालिकाको बोराडाँडीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका प्रहरी सहायक हवल्दार जनकराज धामीको मृत्यु भएको हो।

बिहीबार साँझ राजपुरको ट्राफिक बिट जाने क्रममा उनी सवार मोटरसाइकल बोराडाँडीमा गाईसँग ठोकिएको जनाइएको छ ।

शनिबार राति धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस