पाल्पाको जोरधारामा बस दुर्घटना : एक जनाको मृत्यु, १८ जना घाइते « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

पाल्पाको जोरधारामा बस दुर्घटना : एक जनाको मृत्यु, १८ जना घाइते


१० बैशाख २०८०, आइतबार


पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते १८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार दुर्घटनामा घाइते भएका १८ जनाको उद्धार गरिएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको डिएसपी थापाले बताए ।

बस भीरमा अड्किएको अवस्थामा छ। अन्य यात्रुको उद्धार भइरहेको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भई नसकेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस