भारतमै पक्राउ परे अमृतपाल सिंह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भारतमै पक्राउ परे अमृतपाल सिंह


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । स्वायत्त राज्य खलिस्तान समर्थक अमृतपाल सिंह भारतमा पक्राउ परेका छन् ।

उनी पञ्जाबको मोगाबाट पक्राउ परेका पञ्जाबका प्रहरी अधिकारीले आधिकारिक रूपमा पुष्टि गरेका छन् । पञ्जाब पुलिसले ट्विट गरी सिंह पक्राउ परेका जानकारी दिएको छ ।

शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै सिंहले ‘वारिस पञ्जाब दे’ सङ्गठनको नामबाट गतिविधि गर्दै आएका थिए । सङ्गठनका प्रमुख अमृतपाल सिंह नेपालमा लुकेर बसेको यसअघि नेपालमा रहेको भारतीय दूतावासले दाबी गरेको थियो । तर नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो ।

लामो समय दुबईमा बसेर उनी गएको वर्ष अगष्टमा पञ्जाब फर्किएका थिए । यसअघि पञ्जाबबाट उनका काका र थुप्रै समर्थकलाई पक्राउ गरी छाडिएको थियो । तर उनी गएको मार्चदेखि फरार थिए । उनका बुबा तरसेम सिंहले छोरा अमृतपालको ज्यानको खतरा रहेको बताएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस