एसीसी प्रिमियर कप : आज दुई खेल हुँदै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एसीसी प्रिमियर कप : आज दुई खेल हुँदै


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा युएई र सिंगापुरबीच खेल हुदैछ भने मूलपानी क्रिकेट मैदानमा मलेसिया र ओमान भिड्नेछन्।

दुवै खेल बिहान ९ बजे शुरु हुनेछ । समूह बीमा रहेको सिंगापुरले यसअघि खेलेको दुई खेलमा नै हार व्यहोरेको छ। त्यसैले सिंगापुर पहिलो जित निकाल्ने खोजीमा छ ।

यूएईले दुई खेलमा एकमा जीत र एकमा हार ब्यहोरेको छ। यस्तै समूह ‘ए’को दोस्रो स्थानमा रहेको मलेसियाले एक खेलमा जीत र एक खेलमा हारेको छ।

वैशाख १८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।

यस प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।

समूह ‘बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस