चितवन-२ का कांग्रेस उम्मेदवार श्रेष्ठले गरे मतदान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चितवन-२ का कांग्रेस उम्मेदवार श्रेष्ठले गरे मतदान


१० बैशाख २०८०, आइतबार


चितवन । चितवन क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मतदान गरेका छन् ।

उनले कालिका नगरपालिका स्थित चतुर्मुखी माध्यामिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ । यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका छन् ।

गत ४ मंसिरको निर्वाचनबाट सो क्षेत्रबाट निर्वाचित रास्वपाका अध्यक्ष समेत रहेका लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो ।

चितवनमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस