आयोगद्वारा बारामा मतदानको समय बढाउने निर्णय खारेज  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आयोगद्वारा बारामा मतदानको समय बढाउने निर्णय खारेज 


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । निर्वाचन आयोगले बारामा मतदान ढिलो सुरु गर्ने निर्णय खारेज गरेको छ। 

सर्वदलीय बैठक बसेर मतदान ढिलो सुरु गर्ने निर्णय आयोगले खारेज गरिदिएको हो ।  

आइतबार बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ। 

उक्त निर्वाचन कानुनअनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सक्ने व्यवस्था छ। 

तर बारा-२ देवताल गाउँपालिका-२ स्थित रहेको सिँचाइ अफिस कल्याणपुर मतदान स्थलको मतदान केन्द्र (क) र (ख)मा मतदान अधिकृत सहितको सर्वदलीय-सर्वपक्षीय बैठकले मतदान समय बढाउने निर्णयलाई आयोगले खारेज गरिदिएको हो। 

उक्त बैठकले बिहान १० बजेदेखि सुरु गरी राति ८ बजेसम्म गर्ने निर्णय गरेको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस