तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका पुरुषको शव फेला « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका पुरुषको शव फेला


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । दार्चुलाको महाकाली नदीमा खसेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ। 

शनिबार दिउँसो व्यास गाउँपालिका-२ का दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएका थिए।

साढे १ बजेतिर भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी जगत गाहामगरले जानकारी दिए।

उनका अनुसार अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोली र स्थानीयहरूको सहकार्यमा घटना स्थलबाट ५०० मिटर टाढा भण्डारीको शव फेला परेको प्रहरीले जनाएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस