उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आइतबार (भोलि) बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुँदैछ । 

उक्त उपनिर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता एवं सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिएका छन्।

निर्वाचन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ। 

निर्वाचन सुरु हुनु ४८ घण्टा अगाडि नै प्रचारप्रसार गर्न आयोगले निषेध गरेको आयोगले यस अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइ सकिएको आयोगले जनाएको छ। 

आयोगको अनुसार मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस