विराटनगरमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

विराटनगरमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । विराटनगरमा प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि झडप भएको हो ।

आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको प्रहरीले बताएको छ । मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गरेको छ ।

प्रदेशको नाम कोशी राखेको विरोधमा भइरहेको आन्दोलनका क्रममा ५ चैतमा घाइते भई १० चैतमा मृत्यु भएका पदम लिम्बुको शव श्रद्धाञ्जलीका लागि शनिबार धरानबाट विराटनगर ल्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस