निजी क्षेत्रले कर छली गर्ने प्रयास गर्दैछन् : प्रधानमन्त्री « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

निजी क्षेत्रले कर छली गर्ने प्रयास गर्दैछन् : प्रधानमन्त्री


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रले कर छल्ने गरेको बताएका छन् ।

शनिवार राजधानीमा आयोजित आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझैपनि मौका पाएसम्म निजी क्षेत्रले राज्यलाई कर छल्ने प्रयास गरिरहेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले सरकार पनि निजी क्षेत्रलाई पाएसम्म दबाउनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्ने र निजी क्षेत्रले नाफा मात्रै खोजेको छ भन्ने सोच राज्यले पनि राख्न नहुने बताए । दुवैतर्फबाट यस्ता अनुचित सोच नत्यागेसम्म अर्थतन्त्रले गति लिन नसक्ने उनको भनाई छ ।

अहिले विचार, सिद्धान्त, राजनीति, मूल्य, मान्यताको कुरा बिस्तार हराउँदै उपभोक्तावादतिर समाज गइरहेको पनि प्रधानमन्त्री दाहालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस