पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षा, तराईमा हावाहुरीको सम्भावना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षा, तराईमा हावाहुरीको सम्भावना


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । हाल देशमा पश्चिमी वायुको र स्थानीय वायुको प्रभावले कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

अपराह्न पछि पश्चिम तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। पहाडी भू-भागमा राति पनि क्षणिक वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस